एमालेले गर्‍यो ३ जनालाई कारबाही

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७९

पोखरा । नेकपा (एमाले) कास्कीले स्थानीय चुनावमा अन्तर्घात गरेको आरोपमा ३ जनालाई कारबाही गरेको छ ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा एमालेबाट मेयर उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा उनीहरु कारबाहीमा परेका हुन् ।

कारबाही परेका तीनै जना एमालेका संगठित सदस्य हुन् । पार्टी जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बुधबार विज्ञप्ति निकालेर पोखरा वडा ३३ का एमाले उपाध्यक्ष महेश अर्याल, संगठित सदस्य प्रशान्त आचार्य र वडा २१ का सदस्य मनोज पहारीलाई कारबाही गरेको जानकारी दिएका हुन् । उनीहरुले पार्टी विधानविपरीत काम गरेकोले तत्काल जिम्मेवारीबाट निलम्बन गरेको बताइएको छ ।

पहारी र आचार्यले मेयर उम्मेदवार थापालाई हराउने भन्दै गरेको फोनवार्ता चुनावका बेला सार्वजनिक भएको थियो । अडियो काण्डले चुनावताका पोखरा तातेको थियो ।

अडियो संवादअनुसार मनोज पहारीले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहित सचिव पद्या अर्याल, केन्द्रीय सदस्य राजीव पहारी, इन्चार्ज भीम कार्कीलगायत आफ्नै पक्षमा रहेको र उनीहरुले कारबाही नगर्ने भन्दै थापालाई हराउने अभियान चलाउन आग्रह गरेका थिए । जसमा थापालाई हराएर गठबन्धनबाट नेकपा (एकीकृत समाजावादी) का उम्मेदवार धनराज आचार्यलाई जिताउने काम गरेको प्रष्टै देखिन्छ । यसअघि उनीहरु तीनै जनालाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा समेत चित्त नबुझेपछि अनुशासन कारबाही गरिएको अध्यक्ष गुरुङले बताए ।

मेयर कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा महेश अर्याल, प्रशान्त आचार्य र मनोज पहारी जिम्मेवारीबाट निलम्बित

उनले गरेको कारबाही पछि अर्को पक्षले गलत भएको प्रतिक्रिया दिएको छ । गुरुङसँगै पार्टीको जिल्ला अध्यक्ष चुनावमा पराजित दामोदर बैरागीले पार्टी विधानविपरीत काम गरेको आरोप लगाएका छन् । ‘पार्टीको बैठक बसेको छैन । एकल निर्णयले यसरी कारबाही गर्न मिल्छ ? निर्णय कहाँ भएको छ ?,’ उनले भने, ‘यो सरासर गलत हो । विधानअनुसार चल्नुपर्छ ।’ उनले कसलाई कारबाही गरेको भन्दा पनि पद्दति नसमातेको गुनासो गरेका छन् । कारबाहीमा परेका मनोज पहारी केन्द्रीय सदस्य राजीव पहारीनिकट छन् । यहाँ केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी गुटको चरम अन्तरद्वन्द्व छ । मेयरका उम्मेदवार थापा सोही अन्तरद्वन्द्वको चपेटामा परेको बताइएको छ ।

पहिलो चरणमा गुरुङनिकटका दीपक पौडेललाई मेयर टिकट दिइएकोमा वर्र्षौअघिका घटना सार्वजनिक गरेर थापाले टिकट खोसेको आरोप छ । उनी अधिकारी निकटरुपमा चिनिन्छन् । अहिले एमालेभित्र अन्तर्घात गरिएको आरोपमा धेरैलाई कारबाही गर्नुपर्ने भन्दै दबाब सुरु भएको छ ।

चुनावमा एकीकृत समाजवादीका धनराज आचार्यले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै चुनाव जितेका थिए । आचार्यले कुल खसेको मतमा ५८ हजार ८ सय ९३ र थापाले ५२ हजार ८ सय ४८ मत आएको थियो । उपमेयरमा भने एमालेले साख जोगायो । उपमेयरमा मञ्जुदेवी गुरुङ ६० हजार ५ सय ४६ मत प्राप्त गर्दै पुनः दोहोरिएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width