पोखरा । पोखरा महानगरपालिकाको ८ जना कार्यपालिका सदस्य चयन गर्न बुधबार भएको मतदानमा भोट क्रस भएको छ । मतदानमा नेकपा एमालेका उम्मेदवार निर्मल दियालीले आफ्नो दलको भन्दा बढी मत पाएका हुन् । महिला ५ र दलित वा अल्पसंख्यक ३ गरी ८ सदस्यका लागि भएको मतदानमा एमालेले प्यानलले नै जितेको छ ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा महानगरबाट निर्वाचित जनप्रतिनिधि नै मतदाता हुने व्यवस्था छ । महानगरमा मेयर, उपमेयर, ३३ वडाध्यक्ष र १ सय ३२ सदस्य गरी १ सय ६७ जना निर्वाचित भएका थिए । एमालेबाट उपमेयरसहित ८६, कांग्रेसबाट ७९, एकीकृत समाजवादीबाट १ (मेयर) र पोखरा–२२ बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भए ।
नगरसभामा एमालेको बहुमत भए पनि कार्यपालिकामा उसको ३ मत क्रस भए गठबन्धनको बहुमत हुन्थ्यो । गठबन्धनतर्फका दलको कुल ८० मत हुन्छ । स्वतन्त्र उम्मेदवारको रुपमा विजयी पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल माओवादी केन्द्र निकट हुन् । यसकारण पनि उनले गठबन्धनलाई साथ दिने निश्चित थियो । हिमलालको १ मत जोड्दा गठबन्धनको ८१ मत थियो । नेकपा एमाले एक्लैको ८६ मत थियो । यसकारण मत सुरक्षित राख्न एमाले र कांग्रेस दुवैले निर्वाचित जनप्रतिनिधिलाई अघिल्लो दिन होटलमा राखेर मतदान प्रक्रिया र नमुना मतदानबारे सिकाएका थिए ।
महिला ५ र दलित वा अल्पसंख्यक ३ गरी ८ सदस्यमा एमालेको प्यानल नै निर्वाचित
मतपरिणाममा भने गठबन्धनबाटै मत क्रस भयो । दलित तथा अल्पसंख्यक सदस्यका लागि उम्मेदवारी दिएका एमालेका दियालीले आफूहरुको मतभन्दा १ मत बढी ल्याए । पोखरा २८ का निवर्तमान वडाध्यक्ष समेत रहेका दियालीले ८७ मत ल्याएका हुन् । निर्वाचित अन्य २ सदस्यले ८६ मत नै ल्याए । दियालीसहित एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी समाजवादीका उम्मेदवारको ८१ मत थियो । उनीहरुका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका भीमबहादुर सार्कीले ७८, जसपाका पानबहादुर घर्तीले ८० र नेकपा एसका लालबहादुर विकले ८१ मत ल्याए ।
महिला ५ सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्माले समान ८६ मत ल्याउँदै निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा र पवित्रा थापाले समान ८१ मत ल्याउँदा रनसुवा गुरुङ ८० र भावना श्रेष्ठले ७९ मत ल्याए । कार्यपालिकामा ४३ सदस्यमध्ये ८ निर्वाचित र ३५ पदेन सदस्य हुने व्यवस्था छ । योसँगै नगर कार्यपालिकामा एमालेका १८ र कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना भएका छन् ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१