पोखरा, १८ जेठ । स्थानीय तह निर्वाचनमा पोखराको मेयर गुमाएको नेकपा एमालेले नगर कार्यपालिका सदस्य निर्वाचनमा भने आठै जना सदस्य जितेको छ । बिहीबार भएको मतदानमा महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य एमालेले जितेको हो ।
महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिर परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन् । उनीहरु सबै जनाले समान ८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवारको ८१ मतसम्म आएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जनाएको छ।
यसतै, दलित वा अल्पसंख्यकमा नेकपा एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मला दियाली निर्वाचित भए । तुलाचन र घिमिरेले समान ८६ मत ल्याउँदा दियालीे ८७ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी समाजवादीका उम्मेदवारको ८१ मत थियो ।
गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कार्यपालिकाका ४३ मध्ये ८ जना निर्वाचित हुन् र बाँकी ३५ पदेन सदस्य हुने छन् ।
महानगरमा एमालेले ८६, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट गरी ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए । योसँगै पोखरा महानगरपालिकाको कार्यपालिकामा एमालेका १८ र नेपाली कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना भएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१