लखन सहकारीको अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७९
govinda

पोखरा । लखन बचत तथा ऋण सहकारी संस्थाले अवलोकन भ्रमण गरेको छ । सहकारीद्वारा आयोजित भ्रमणमा सञ्चालक समितिका १५ जना सदस्यको सहभागिता थियो । भ्रमण टोलीले बेगनास तालमा रहेको मत्य अनुसन्धान केन्द्रमा पुगेर माछापालनसम्बन्धी जानकारी हासिल गरेको संस्थाका अध्यक्ष पूर्णबहादुर रानाले बताए । उनले आगामी दिनहरुमा सहकारीको उत्पादनमूलक कार्यमा लगानी गर्ने सोच रहेकाले यस्ता भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

यस अघि सहकारीका सदस्यहरुले बागलुङका विभिन्न स्थानहरुमा अवलोकन भ्रमण सम्पन्न गरिसकेको उनले जानकारी दिए । यसैबीच सञ्चालक समितिका पदाधिकारीले मौरीपालन, बंगुरपालन, ड्रयागन खेतीलगायत कृषिजन्य उत्पादनका लागि विभिन्न स्थानको भ्रमणसमेत सम्पन्न गरिसकेको छ । भ्रमणबाट सिकेका कुरालाई व्यवहारमा उतार्न काम पनि भइरहेको अध्यक्ष रानाले बताए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width