लायन्स सेन्ट्रल गार्डनको सम्मान

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७९
central garden

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले लायन वर्ष २०२२/२३ लाई सभ्य र भव्य बनाउने उद्देश्यका साथ निर्वाचित अध्यक्ष आनन्द पौडेलले आफ्ना पाइला बढाएका छन् । क्लबले नयाँ सदस्य सम्मान तथा लायन वर्ष २०१७/१८ का डिस्ट्रिक गभर्नर तथा नवनिर्वाचित महानगर प्रमुख धनराज आचार्यलाई बधाई ज्ञापन एकैसाथ गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जोन चियर पर्सन नारायण कोइरालाले नयाँ सदस्य फर्सबहादुर बिसी, अमीत बाटाजु र जमुना खड्कालाई सम्मान गर्दै क्लबको सामाजिक सेवाको भावले प्रेरित भएर आफू लायनमा लागेको बताए ।

कार्यक्रममा अध्यक्ष सुब्बा घिमिरेले निर्वाचित अध्यक्ष आनन्द पौडेल र सचिव सुजित बिजुक्छेले निर्वाचित सचिव प्रमोद रानाभाटलाई माइन्युट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हरि भाट, पूर्व अध्यक्ष मीना रानाभाट, कृष्ण रानाभाट, असफल गौतम, सुब्बा घिमिरे, प्रथम उपाध्यक्ष तुल रानाभाट, द्वितीय उपाध्यक्ष सुजित बिजेक्छु, सचिव प्रमोद रानाभाट, पब्लिक रिलेसन अफिसर लाल रानाभाटलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width