जोन्टा क्लबमा मोनिका

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७९
zonta club

पोखरा । जोन्टा क्लब अफ पोखराको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले अध्यक्षमा मोनिका थापालाई चयन गरेको छ । क्लबको निवर्तमान अध्यक्षमा लीना श्रेष्ठ गोशली, उपाध्यक्ष रोजिना रञ्जित बिजुक्छे, सचिव नीलिशा केसी र सल्लाहकार अञ्जना तझ्या छन् ।

क्लबको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाइरेक्टर अश्विन कार्की, शिक्षा निर्देशक श्वेता पिया मल्ल, लिडरसिप एन्ड स्किल डाइरेक्टर सिर्जना कार्की भट्टराई, जोन्टा एन्ड गोल्डेन जोन्टा डाइरेक्टर प्रेरणा सेढाईं भट्टराई, अवार्ड एन्ड स्कलरसिप डाइरेक्टरमा नम्रता दाहाल, युएन कमिटी डाइरेक्टर सविता श्रेष्ठ र पव्लिक रिलेसन एन्ड कम्युनिकेसन डाइरेक्टर कल्पना भट्टराई कार्की चयन भएका छन् ।

जोन्टा इन्टरनेसनलसँग आबद्ध जोन्टा क्लब अफ पोखरा २०१९ मा स्थापना भएको हो । व्यावसायिक महिलाहरु मात्र सदस्य हुने यस क्लबमा हाल २७ जना सदस्य छन् । क्लबले महिला सशक्तीकरण, महिला माथि हुने हिंसा र विभेद बिरुद्ध सचेतना कार्यक्रम, महिलामा हुने मासिक मिन्सुरेसनबिरुद्ध हुने हिंसा, यातना सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएको छ ।

गएको ३ वर्षमा क्लबले पोखरा र लेखनाथ क्षेत्र केन्द्रित गरी महिला हिंसा र विभेदविरुद्ध आवाज उठाउने, सचेतना जगाउने, न्यायका लागि एड्भोकेसी गर्नेलगायतका कार्य उल्लेख्य रुपमा गरेको क्लबकी पूर्व सचिव तथा वर्तमान उपाध्यक्ष रोजिना रञ्जित बिजुक्छेले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width