पोखरा । स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले सोमबार अग्रज पत्रकारको सम्मान तथा योगदानको स्मरण गरेको छ ।
स्वतन्त्र पत्रकार संघ नेपालको आसन्न केन्द्रीय महाधिवेशनको पूर्व सन्ध्यामा शाखाको तयारी भेलासहित समारोहमा प्रजातन्त्र सेनानी तथा अग्रज पत्रकार केशवराज पराजुली, उमाकान्त शर्मा, भूपनिधि पन्त र उदयबहादुर अमात्यलाई सम्मान गरियो । सम्मानित पत्रकारले संघको अग्रज स्मरण संस्कार स्तुत्य रहेको बताए ।
समारोहका वक्ताले राष्ट्रिय राजनीतिमा दलीय व्यवस्थाप्रतिको वितृष्णा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गरेको सफलताले देखाएकाले विचलित नभइकन निरन्तर आफ्नो कर्ममा लाग्न सुझाएका थिए ।
भेलामा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, राष्ट्रिय पार्षद् कल्याण पन्त, विश्वलाल श्रेष्ठ, बालकृष्ण सुवेदी, संघका कोषाध्यक्ष ओम उपाध्यायलगायतले अग्रजको सम्मान र दिवंगतको स्मरणमा संघ निरन्तर क्रियाशील रहने धारणा राखे ।
सो समारोहबीच संघका पार्षद् यज्ञप्रसाद बास्तोला र विष्णुप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो । तिथिका हिसाबले जेठ १६ गते सोमबारकै दिन यज्ञप्रसाद बास्तोलाको प्रथम वार्षिक पुण्यतिथि रहेको सन्दर्भमा संघले सम्मान र स्मरण कार्यक्रम आयोजना गरेको हो । संघको मुखपत्र स्वतन्त्र सन्देशका सम्पादकसमेत रहेका बास्तोलाको स्मृतिमा स्वतन्त्र सन्देशलाई बास्तोला विशेषांकरूपमा प्रकाशन गर्ने संघले जनाएको छ ।
शाखा अध्यक्ष असफल गौतमको अध्यक्षतामा सम्पन्न भेलाले महाधिवेशन सफल पार्न विभिन्न कार्ययोजना तय, महाधिवेशन प्रतिनिधि चयन र पदाधिकारी सिफारिसलगायतका महत्वपूर्ण निर्णयसमेत गरेको छ ।
स्मरणरहोस्, स्वतन्त्र पत्रकार संघ नेपालको चौथो राष्ट्रिय अधिवेशन यही जेठ २१ र २२ गते नवलपुरको गैडाकोटमा हुँदैछ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१