बारपाक सुलिकोटले आइतबार बिदा नदिने

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७९

पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ । गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

परीक्षणका लागि भन्दै नेपाल सरकारले जेठ १ देखि लागु हुने गरी सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । तर बारपाक सुलिकोट बिदाको विपक्षमा रहेको हो ।

बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे पाँच बजेसम्म कार्यालय खुल्ने भनिए पनि बारपाक सुलिकोट गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो । गाउँपालिकाले बिदा बाहेकका अन्य दिन कार्यालय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने जनाएको छ । शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुल्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width