काठमाडौंका मेयर बालेन्द्र एक्सनमा

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७९
Pro_Ktm_Balen_wadachairman

पोखरा । काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित ५ जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ । सहकार्य गरिने रेष्टुराँ र पेट्रोल पम्ममा कामपाले संकेत चिह्न राख्नेछ र ती स्थानका शौचालय सर्वसाधारणले निशुल्क प्रयोग गर्न सक्नेछन् ।

यसैगरी, सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्न कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम ७ दिनभित्र सक्नका लागि २ भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…

hero news full width