पोखरा, १६ जेठ । गण्डकी प्रदेश सरकार पूर्व पदाधिकारीहरुलाई सुरक्षा र सुविधा प्रदान गर्न लागिएपछि नागरिक समाजले चर्को विरोध गरेको छ । पूर्व पदाधिकारीहरुलाई सुरक्षा र सुविधा प्रदान गर्न कानुनी मस्यौदा तयार गर्नका लागि कार्यदल गठन गर्न लागिएपछि नागरिक समाज कास्कीले विज्ञप्तिमार्फत विरोध जनाएको हो ।
समाजको तर्फबाट संयोजक इन्द्रकमल मानन्धर र प्रवक्ता गोकुलबहादुर कार्कीले सोमबार संयुक्त विज्ञप्ति जारी गरी सिंगो राष्ट्र चरम आर्थिक संकटबाट गुज्रिरहेको बेला सेवासुविधा दिन कार्यदल गठन गर्न लागिरहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
‘देशको अर्थतन्त्र ओरालो लागिरहेको बेला जनप्रतिनिधिहरु नै आफ्नो सुविधा बढाउन उद्दत रहनुले देशलाई असफल राष्ट्र बनाउने दिशातर्फ उन्मुख हुने कुराको संकेत गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः नागरिक अभिमतको कदर गर्दै यस्ता निर्णयबाट पछि हट्न नागरिक समाज कास्की जोडदार माग गर्दछ ।’
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१