गौरीशंकर सहकारीमा रुद्रनाथ

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७९
gaurisanker sahakari progrem photo

हेमजा । हेमजास्थित गौरीशंकर बचत तथा ऋण सहकारीको छैंटौ विशेष वाषिकोत्सव तथा निर्वाचन कार्यक्रम भएको छ । भेलाले रुद्रनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष खड्कबहादुर कार्की, सचिव घनश्याम तिम्सिना, कोषाध्यक्ष विष्णुप्रसाद पौडेल, सहसचिव कृष्णबहादुर थापा चयन भए । सदस्यहरु बलबहादुर कुँवर, इन्द्रप्रसाद त्रिपाठी, रामचन्द्र सुवेदी, सरस्वती थापा, कमला शर्मा र श्रीमाया लामिछाने छन् ।

भेलाले टीकाराम बास्तोलाको संयोजकत्वमा दलबहादुर कुँवर र सुजन कार्की सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । अधिवक्ता माधवराज बास्तोला संयोजक तथा डिल्लीराम दाहाल र महेश्वर दवाडी सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो ।

हेमजाका नवनिर्वाचत वडाध्यक्ष मोतीलाल तिम्सिना तथा सदस्यहरु कृष्णबहादुर कुँवर, धनकुमारी पोख्रेल तिम्सिना, तारा विश्वकर्मा र सुवास भण्डारीलाई बधाई तथा शुभकामना दिँदै सम्मान पनि गरियो।

त्यस अवसरमा प्रमुख अतिथि वडाध्यक्ष तिम्सिना, संस्थाका सल्लाहकारद्वय डवलबहादुर कुँवर र नेत्रपाणि भण्डारी, सेयर सदस्यद्वय महेश्वर दवाडी र अप्सरा तिम्सिनालगायतले बोलेका थिए । संस्थाका कार्यकारी अधिकृत डम्बरसिंह बस्नेतले संस्थाको आर्थिक तथा व्यवस्थापकीय गतिविधि प्रस्तुत गरे ।

संस्थाका अध्यक्ष केशवशरण पौडलले आफ्नो कार्यकालमा साथ सहयोग दिने सबैप्रति धन्यवाद प्रकट गरे ।

नवनिर्वाचित अध्यक्ष रुद्रनाथ पौडलले धन्यवादसहित सहकारी प्रदेशस्तरीय भएको जनाउँदै सबैको साथ सहयोगमा आगामी दिनमा सहकारी सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्कबहादुर कार्कीले स्वागत, सहसचिव दलबहादुर कुँवरले सहकारीका ७ सिद्धान्त वाचन तथा सचिव घनश्याम तिम्सिनाले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width