पोखरा । साहित्यकार कृष्णप्रसाद बस्ताकोटीको उपन्यास ‘नयाँ जातको रुख’ पोखरामा आइतबार लोकार्पण गरिएको छ । लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले उपन्यासको शीर्षक वातावरणमैत्री रहेको उल्लेख गर्दै प्राकृतिक वातावरणको संरक्षणमा ध्यान दिन सकिएन भने ठूलो विनाश भोग्नुपर्ने बताए ।
सरुभक्तले बस्ताकोटीसँग पोखरा सार्वजनिक पुस्तकालयमा सहकार्य गर्ने अवसर मिलेको स्मरण गरे । उनी अध्ययनशील लेखक भएको भन्दै नयाँ कृति आएकोमा सरुभक्तले खुसी व्यक्त गरे ।
ठूलो पदको जिम्मेवारी सम्हालेर काम गर्नु पर्दाको अवस्थामा पनि बुद्धिजीवीले समय निकालेर पढ्ने गरेको चर्चा गर्दै उनले आजकलका मान्छेलाई पुस्तक पढ्ने फुर्सद छैन, कसले पढ्छ ? भन्नु बकबास तथा वाहियात कुरा भएको धारणा राखे । जुवातास, जाँड, रक्सी आदि वाहियात कुरामा समय खेर फाल्न सक्ने तर पढ्न फुर्सद छैन भन्नु आफैंमा हास्यास्पद कुरा रहेको उनले उल्लेख गरे । साथै उनले पुस्तकले दिने ज्ञानको महत्व र आन्नद अरुबाट पाउन नसकिने बताए ।
पुस्तकको समीक्षा प्रस्तुत गर्दै डा.लक्ष्मीशरण अधिकारीले विद्यालयमा विद्यार्थीलाई अनुशासनका नाममा दमन होइन, सिर्जनशीलता र व्यावहारिक ज्ञान दिनुपर्ने सन्देश पुस्तकमा रहेको उल्लेख गरे । साथै उनले उक्त उपन्यास शिक्षकहरुले पढ्नै पर्ने कृति रहेको बताए ।
स्रष्टा कृष्णप्रसाद बस्ताकाटीले उच्च शिक्षा अध्ययन गरेको मानिस विनयशील हुनुपर्नेमा अहंकारी बनेको देखेपछि त्यही घटनालाई आधार बनाएर आफूले उपन्यास लेखेको बताए ।
शुभकामना मन्तव्य राख्दै कलाकार यादवचन्द्र भुर्तेलले पुस्तकै नपढी आफूले कभर डिजाइन गरे पनि विषयवस्तु मिलेको भन्दै खुसी व्यक्त गरे । पोखरा– २० का नवनिर्वाचित वडाध्यक्ष गंगाबहादुर केसीले पोखरा–१२ मा बसे पनि आफ्नो जन्मथलो भलामको गौरव बढाएको भन्दै स्रष्टाप्रति कृतज्ञता व्यक्त गरे ।
समारोहका अध्यक्ष तथा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले प्रतिष्ठानलाई लोकार्पणको अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे । उपाध्यक्ष छबि सुवेदीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१