टिप्पर दुर्घटनामा ४ को मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७९
accident~

लमजुङ । लमजुङमा टिप्पर पल्टेर किच्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा वा ४ ख ७७८१ नम्बरको टिप्पर चालक धादिङका आकाश भनिने विनोद घिमिरे, व्यास ७ कलेस्ती तनहुँका उत्तम न्यौपाने, गोरखा १० का रवीन्द्र सेढाईं र सल्यानको कुमार गाउँपालिकाका पारस साहको मृत्यु भएको हो । तनहुँका न्यौपाने सडकका सुपरभाइजर रहेको स्थानीयको भनाइ छ । अन्य ३ जना मध्यपहाडी लोकमार्गमा कार्यरत मजदुर रहेका छन् । उनीहरुको पोस्टमार्टमका लागि शव जिल्ला सदरमकामुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

मध्यनेपाल नगरपालिका ७ को कल्याङबेंसीमा सेती खोलाको किनार कोइलेनीबाट ढुंगा बोकेर आउँदै गर्दा अचनाक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार टिप्पर सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

टिप्परका चालक ओर्लिएर भाग्न खोज्दा त्यही साइडमा टिप्पर पल्टेर उनी किचिएको प्रत्यक्षदर्शीले बताएका छन् । कास्कीको सीमा क्षेत्र नजिक भएको घटनास्थल पुग्न बेंसीसहरबाट सवारी साधनमा ५ घन्टा लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width