गण्डकी । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न मौसमको प्रतिकूलताले कठिनाइ भएको छ ।
बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर कोवाङमा अवतरण भएको र अर्को फिस्टेल एयरको हेलिकप्टर जोमसोम विमानस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
पोखराबाट मुस्ताङको जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।
यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो । स्थानीय बासिन्दाले धौलागिरि र मानापाथी हिमालको बीचतिर जहाज हराएको हुनसक्ने आशङ्का गरेका कारण उक्त क्षेत्रमा स्थलमार्ग हुँदै नेपाली सेना, प्रहरी, सशस्त्रसहितको टोली गएको पाण्डेले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१