युआरएलको शाखा बाटुलेचौरमा

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
url logo

पोखरा । पोखरा सभागृहमा केन्द्रीय कार्यालय र हस्पिटलचोकको शाखाबाट समेत सेवा दिंदै आएको युआरएलले पोखरा १६ बाटुलेचौरबाट पनि सेवा सुरु गरेको छ ।

मातृशिशु मितेर अस्पतालमा नभएका जाँच र वरिपरिका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएल बाटुलेचौरमा करिब ५० लाख लगानी भएको उनको भनाइ छ ।

सेवा सुरुआतको अवसरमा जेठ महिनाभार मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजहरुमा समेत ३० प्रतिशत छुट दिइएको उनले जानकारी दिए । युआरएले पोखरा बाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।

गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पुर्‍याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए । यही जेठ २७ गतेबाट साविक लेखनाथको शिशुवा अस्पताल अस्पतालअघि बाट समेत युआरएलले सेवा सञ्चालन गर्ने उनले जानकारी दिए ।

युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १३ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…

hero news full width