पोखरा । नेपाल खानेपानी संस्थान कर्मचारी संघको सातौं महाधिवेशनबाट केदार धमला अध्यक्षमा निर्वाचित भएका छन् । धादिङका धमला हाल खानेपानी संस्थान पोखरामा कार्यरत छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा राजु बस्नेत, महिला उपाध्यक्ष डम्बरी महरा, उपाध्यक्षमा सरजुन केसी र सुधीरकुमार सिंह, महासचिव पदमहरि राई, सचिव अजयकुमार प्रसाद र सुरेन्द्र पाण्डेय छन् । केन्द्रीय सदस्यमा नवराज भट्ट, हरि अधिकारी, अनुभा अर्याल, गणेश साह, वीनिता श्रेष्ठ, वीरेन्द्रकुमार सिंह, राजेश बर्मा, तारिप्रसाद भट्टराई, प्रेमबहादर वली, विमल पौडेल, रोशन पोखरेल, दयाराम सापकोटा निर्वाचित भएको निर्वाचन समितिका संयोजक त्रिदीपकुमार श्रेष्ठले बताए ।
गत जेठ ११ देखि १३ सम्म चलेको महाधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले संस्थान र कर्मचारीको हित गरेरै उपभोक्तालाई सेवा दिने बताए । मन्त्री चौधरीले पानीमाथि राजनीति गरेर कम्युनिष्ट सरकारले कृष्णप्रसाद भट्टराईलाई सम्झन समेत नसकेर मेलम्चीका विषयमा अपमान गरेको बताए ।
कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड, विभागीय सचिव सुरेश आचार्य, सञ्चालक समिति अध्यक्ष गुणाखर भुषाल, नेपाल टे«ड युनियन कांग्रेस राष्ट्रिय समिति उपाध्यक्ष तेजेन्द्रजंग कार्की, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद, खानेपानी संस्थान वीरगञ्ज शाखाका कार्यालय प्रमुख नीरण महर्जन लगायतले सबै मिलेर संस्थान बनाउन सक्नु पर्ने बताए ।
संघका महाचिव केदार धमलाको सञ्चालनमा रहेको सभामा केयुकेएल कर्मचारी संघका उपाध्यक्ष केशव अधिकारी, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका सहसंयोजक समीर पण्डित, स्वतन्त्र कर्मचारी परिषदका अध्यक्ष भीमसेन पोखरेल, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष झगबहादुर डाँगीले कर्मचारी एकतामा जोड दिँदै कर्मचारीका समस्या समाधानमा केन्द्रित हुन आग्रह गरेका थिए ।
देशभरका २२ वटा शाखा कार्यालयबाट प्रतिनिधित्व गर्दै करिव ७० जना प्रतिनिधिले महाधिवेशनमा भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९