आज चलचित्र महासंघ गण्डकी गठन

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
jifan.

पोखरा । आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी अध्यक्षमा माओत्सेतुङ गुरुङ चयन भएका छन् ।

पोखरामा शनिबार महासंघ केन्द्रीय अध्यक्ष अमृतबहादुर सुनुवारको उपस्थितिमा भएको भेलाले उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति गठन गरेको हो । माओत्सेतुङ गुरुङ गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) मा आबद्ध छन् ।
समिति उपाध्यक्षमा जिफानका सोम गुरुङ, मगर चलचित्रका सन्तोष पिठाकोटे मगर र नेवाः चलचित्रका विकास ताम्राकार चयन भए । महासचिव मगर चलचित्रका गोविन्द पुन मगर, सचिव जिफानका गल गुरुङ र राई चलचित्रका सूर्य सुनुवार, कोषाध्यक्ष जिफानका मीनु गुरुङ र सहकोषाध्यक्षमा भुजेल चलचित्रका बिमल भुजेल चयन भए ।

यसैबीच, गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले पोखरामा गुरुङ चलचित्रसम्बन्धी विषयगत प्रशिक्षण गरेको छ । आदिवासी चलचित्र महासंघ अध्यक्ष अमृतबहादुर सुनुवारले प्रशिक्षण उद्घाटन गरेका थिए । जेठ १८ सम्म चल्ने प्रशिक्षणमा संस्थामा आबद्ध ५० जना फिल्मकर्मीको सहभागिता छ । जसमा कथा लेखन तथा निर्देशनबारे चलचित्र विज्ञ तथा निर्देशक राजेश गोंगजु, अभिनय तथा कलाबारे वरिष्ठ अभिनेता तथा रंगकर्मी प्रकाश घिमिरे, गीतसंगीत आवश्यकताबारे चलचित्र निर्देशक एवं संगीतकार कृष्णकुमार गुरुङले सहजीकरण गर्ने छन् ।

कार्यक्रमको अध्यक्ष जिफान नेपाल अध्यक्ष गुञ्जबहादुर गुरुङले गरेका थिए । स्वागत द्वितीय उपाध्यक्ष प्रेमबहादुर गुरुङ र संचालन महासचिव तोलबहादुर गुरुङले गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width