वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो ।
नगरस्थित बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण गर्ने तयारी गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । “वृद्ध भत्ता बुझ्न गाउँगाउँबाट बजारमा रहेका बैंकमा आउँदा वृद्धवृद्धालाई झनै सास्ती भएको गुनासो आउने थालेपछि बैंकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरुनै घर–घरमा पुगेर वितरण गर्ने तयारी गरेका हौँ”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसबाट विजयी हुनुभएका प्रमुख भट्टराईले आफ्नो चुनावी घोषणापत्रमा घर–घरमै वृद्धभत्ता दिने उल्लेख गर्नुभएको थियो । घोषणापत्रमा उल्लेख गरे बमोजिम नै बैंक तथा वित्तीय संस्थाहरुको समन्वय र सहकार्यमा कार्यान्वयनमा अगाडि बढेको उहाँले बताउनुभयो ।
त्यस्तै पुतलीबजार नगरपालिकाले पनि वृद्धवृद्धालाई बैंकसम्म आएर वृद्ध भत्ता बुझ्नुपर्दा समस्या भएको भन्दै घरमै पुगेर वितरण गर्ने तयारी थालेको छ । ग्रामीण भेगदेखि बजारमा रहेको बैंकसम्म आउँदा जाँदा सवारीसाधनको समस्या र बैंकमा आएर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि घरमै पुगेर वितरण गर्ने तयारी गरेको नगरप्रमुख तुल्सीराम रेग्मीले बताउनुभयो ।
घरमै पुगेर वितरण गरेपछि समय र खर्चमा पनि वचत हुनाका साथै सहज हुने भएकाले घरबाटै वितरण गर्ने तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
घर भत्किएर पुरिंदा बालिकाको मृत्यु, दाइ घाइते
डाइभर्सन बगाउँदा सडक अबरुद्ध
समाचारमा मानवअधिकार ख्याल गर्न सुझाव
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९