पोखरा बाग्लुङ बसपार्क स्तरोन्नति गरिने

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७९
pokhara ward 2

पोखरा । पोखरा वडा २ मा शुक्रबार पदभार ग्रहण गरेका वडाध्यक्ष दिवसमान प्रधानांगले पोखरा बाग्लुङ बसपार्क स्तरोन्नति गर्ने निर्णय गरेका छन् । उपत्यका नगर विकास समितिले भाडामा लिएको बसपार्कलाई नगरपालिकाको मातह ल्याई नमुना बसपार्क बनाउने गरी निर्णय भएको उनले बताए ।

‘आधुनिक बसपार्क बनाउन सरोकारवालासँग छलफल भइसकेको छ, प्रदेश सरकार पनि बजेट दिन तयार छ,’ वडाध्यक्ष प्रधानांगले भने, ‘अब हामी नेपालको मुख्य–मुख्य सहरमा बस छुटाउने र यात्रुलाई सुविधा दिने गरि काम सुरु गर्छौ ।’
वडाको पहिलो बैठकले जेष्ठ नागरिक, अपांगता, अशक्त व्यक्तिलाई निशुल्क स्वास्थ परीक्षण गर्ने, महिला बलबालिका तथा युवाको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने, वडावासीलाई गुणस्तरीय शिक्षा र स्वास्थको सहज पहुँच पु¥याउने लगायत निर्णय गरेको छ ।

वडाध्यक्ष प्रधानांगले पोखरा २ लाई शिक्षा, कला, संस्कृति र धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास गरिने बताए ।

निवर्तमान वडाध्यक्ष रामेश्वर मल्लले वडाको विकासका लागि सबैको साथ र सहकार्य आवश्यक रहने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष समाजसेवी आनन्दराज मुमीले वडाको गुणात्मक विकासका लागि वडाका कर्मचारी, नागरिक र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, कांग्रेस पोखरा नगर सभापति सुरेन्द्रमान बिजुक्छे, कांग्रेस कास्की क्षेत्र ३ का सभापति मनोज गुरुङ, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, कांग्रेस पोखरा २ का सभापति अरुण कायस्थ, एमाले वडा कमिटी अध्यक्ष दीपक शाह, नेकपा एसका खगेन्द्र पराजुली, माओवादी केन्द्रका रुपलाल सुनार, राप्रपाका अरुणविक्रम राणा, शिक्षासेवी वसन्त पान्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग