इच्छुकको २० औं स्मृति दिवस

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७९
krishna sen

हेमजा । प्रेस सेन्टर नेपाल कास्कीले पत्रकार कृष्ण सेन इच्छुकको २० औं स्मृति दिवसमा शुक्रवार परिचर्चा कार्यक्रम गरी उनको योगदानको स्मरण गरेको छ ।

लेखन माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग र समुदायका आवाजलाई इच्छुकले आमजनमानसमा ल्याएको वक्ताको जोड थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले निर्भीक लेखनबाट सामाजिक चेतनाको अभिवृद्धिमा इच्छुकले गरेको योगदान सधैं स्मरणीय हुने बताए ।

प्रेस सेन्टर नेपालका सल्लाहकार तथा केन्द्रीय अनुशासन आयोग संयोजक कोमलनाथ बरालले समाजको रुपान्तरणमा कलमका माध्यमबाट योगदान गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण इच्छुक रहेको धारणा राखे । पेसागत हितलाई पत्रकारले सधैं आत्मसात गर्नुपर्नेमा जोड दिदै उनले पत्रकारितामा दलीय पक्षधरता नभै जनताको पक्षधरता हुनुपर्ने औंल्याए ।

पत्रकार सुरेश रानाभाटले निर्भीकताका साथ जनताको पक्षमा कलम चलाउने इच्छुकको लेखन वैचारिक स्पष्टतासँगै मिठासपूर्ण रहेको चर्चा गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस सेन्टर नेपाल गण्डकी अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडी, सचिव पुष्प दहाल, कोषाध्यक्ष श्रीभद्र पौडेल लगायतले निर्भीक लेखनबाट इच्छुकले पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width