पोखरा । पोखरा १५ का नव निर्वाचित अध्यक्ष तथा सदस्यको बिहीबार पदस्थापना भएको छ ।
स्थानीय तहको निर्वाचनमा वडा १५ बाट निर्वाचित नेकपा एमालेको तर्फबाट अध्यक्ष तोरणबहादुर बाँनिया, खुला सदस्य आशीष भण्डारी, बलराम पौडेल, महिला सदस्य सेतिमाया गुरुङ र दलित महिला सदस्य मन्दिरा परियारको पदस्थापना गरिएको हो ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष बाँनियाले मतदान गरेर आफूहरुलाई निर्वाचित गराउने सम्पूर्ण वडावासीलाई धन्यबाद दिए । उनले पदस्थापनाको पहिलो दिन २ निर्णय गरिएको बताउँदै वडाका सार्वजनिक जग्गाको वास्तविक लगत निकाली अधिकरण भएका जग्गा संरक्षण गर्ने पहिलो निर्णय गरे । दोस्रो निर्णयमा वडाका विभिन्न शिशु स्याहार केन्द्रलाई आवश्यकता हेरेर आधारभूत विद्यालयको रुपमा विकास गर्ने बताए ।
बानियाँले वडालाई हाम्रो वडा, राम्रो वडा र सुव्यवस्थित नागरिक बसेको वडा बनाउन मन वचन र कर्मले लाग्ने बताए । उनले जनतासँग घरदैलोमा गरिएका प्रतिवद्धतालाई आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै पूरा गर्ने बताए । निर्वाचित भएपछि आफू शासक नभएर जनताको सेवक भएको बताउँदै वडाको विकासका लागि यहाँका सम्पूर्ण राजनीतिक दल, वुद्धिजीवी र समाजसेवीसँग राय सुझाव लिँदै अगाडि बढ्ने प्रतिक्रिया दिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१