पाेखरा । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी भएको यसअघिको फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशे जबराले गरेको फैसला उल्टिएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाउने राय बदर भएको हो। अब उनले थप साढे ११ वर्ष कैद बस्नु पर्नेछ।
प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो। त्यसैले कोइराला ०७७ साउन ७ गते नै जेलबाट रिहा भएका थिए।
बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्ट्याएर २० वर्ष नै कायम गरिदिएको हो।
डीआईजी कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङको जंगलमा लगेर आगो लगाएका थिए।
कोइरालाले आफू डीआईजी हुँदा श्रीमती गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर जबरा र केसीको इजलासले श्रीमतीले पैसा माग्दा विवाद उत्पन्न भएपछि कोइरालाले रिसको आवेगमा आई उनलाई धकेल्दा मृत्यु भएको देखिन आएको भन्दै उनको सजाय घटाइदिएको थियो।
Related News
सम्बन्धित समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९