काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको ५ संकायका उत्कृष्ट विद्यार्थीलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७८ प्रदान गरेको छ ।
२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ । सो कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ ।
२०७८ का लागि १८ शीर्षकअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङका १८ विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई ती संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।
क्याम्पसका डिन प्राडा शशीधरराम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरे । त्यसैगरी, एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरे ।
कोभिड–१९ का कारण रोकिएको २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाणपत्र पनि प्रदान गरिएको छ । गत वर्ष कार्यक्रम आयोजना गर्न नसकिएता पनि यस कार्यक्रमअन्तर्गतको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको नगद पुरस्कार भने इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमार्फत विद्यार्थीलाई प्रदान गरिएको थियो ।
डिन प्राडा शशिधरराम जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमको लागि एनसेलसँग सहकार्य गर्न पाएकोमा निकै खुसी व्यक्त गरे ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम हाम्रा सामाजिक पहलमध्ये निकै प्रशंसा गरिएको एक कार्यक्रम हो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ ।’
एनसेल छात्रवृत्ति इन्जिनियरिङ ५ संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजा आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँच वटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी ३ छात्राले यो छात्रवृत्ति पाउँछन् ।
Related News
सम्बन्धित समाचार
वैज्ञानिक उत्पादन गर्न साइन्स फेस्टिभल
महावीरले भेटे प्रधानमन्त्री
एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
इन्टरनेट सेवा गुणस्तरीय बनाऊ, तिरेको शुल्क अनुसारको सेवा देऊ
सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९