लमजुङ । जिल्ला सदरमुकाम बेंसीसहर नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । ८ जना निर्वाचित हुने उक्त पालिकामा सबै पदमा एमालेका उम्मेदवार निर्विरोध चयन भएका हुन् । पालिकामा नगर कार्यपालिकाको निर्वाचन प्रयोजनका लागि मनोनयन दर्ता गराएका ८ जना सबै नेकपा एमाले पक्षका भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनकाअनुसार अन्य दलबाट उम्मेदवारी नपरेका कारण सो दलका उम्मेदवार निर्विरोध भएका हुन् ।
बेंसीसहर नगरपालिकाको नगर कार्यपालिका सदस्य ८ जनामा एमालेबाट महिलातर्फ कल्पना थापा बोहरा, बुनादेवी रिमाल, विमला न्यौपाने अधिकारी, सुकमाया गुरुङ र मनिता परियारको उम्मेदवारी परेको छ । त्यस्तै, दलित तथा अल्पसंख्यकतर्फबाट हिरालाल विश्वकर्मा, श्रीनाथ सार्की र सुकमाया घर्तीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धनमा रहेका दलले मनोनयन दर्ताको समयसम्म उम्मेदवारी दर्ता गराएनन् । मनोनयन दर्ताको समय बिहान १० देखि साढे ३ बजेसम्म तोकिएको थियो । नगरमा कुल ११ वटा वडा छन् । तीमध्ये कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रले १–१ वडा जितेका छन् भने ८ वडामा एमालेले जितेको छ ।
कार्यपालिका निर्वाचन जेठ १७ मा हुने तय भएको छ । निर्विरोध भएका सदस्यलाई अर्को कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
पोखरामा गठबन्धनको विजय र्याली, आज सपथ ग्रहण्
एमाले उपमहासचिव गुरुङ भन्छन् : पैसाको खोलो बगाएर चुनाव जिते
जनप्रतिनिधिलाई कांग्रेसले दियाे प्रशिक्षण, इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९