पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको बताएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार घटनामा रहेको एकवर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन् ।
सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको जानकारी दिइन् ।
टोलीले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेकोमा समेत ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको बताएकी थिइन् । प्रदेश र संघीय चुनावमा भने महिलाहरुको सम्मानजनक उपस्थिति हुनुपर्ने उनले बताइन् ।
कांग्रेस सभापतिसमेत रहेका देउवाले स्थानीय चुनावमा महिलाको प्रतिनिधित्व कम भएकोमा स्वीकार गर्दै यो विषयमा छलफल गर्दै कमजोरी सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९