पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनताको प्रत्यक्ष सरकार भएकाले जनभावनाअनुरुप कार्यसम्पादन गर्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।
कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा बुधबार नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्न उनले आग्रह गरे ।
नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन आवश्यकता भएको बताए । गठबन्धनका परिणाम सकारात्मक देखिएकाले आगामी प्रदेश तथा संघीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजानु पर्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिकाहरूमा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले आग्रह गरे ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बाग्लुङका सभापति जीत शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा नेपाल सरकारका पूर्व मुख्य सचिव डा.सोमलाल सुवेदी र पूर्व सचिव वावुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्न सकिने कामहरू लगायत विषयमा प्रशिक्षण दिए ।
Related News
सम्बन्धित समाचार
तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना
विद्यालयलाई फर्निचर सहयोग
लेखनाथ उद्योग वाणिज्य संघमा वक्तृत्वकला
मेयर आचार्यद्वारा नगर विकासमा पदभार
पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९