पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सरकारी निवास छाडेका छन् । नव निर्वाचित मेयर धनराज आचार्यले सपथग्रहणसहित पदभार ग्रहण गर्ने अघिल्लो दिन बुधबार मेयर जिसीले सरकारी निवास छाडेका हुन । नवनिर्वाचित मेयर आचार्यले बिहीबार सपथग्रहण गरेर जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ ।
महानगरले पोखरा १२ ढिकालेथरमा व्यवस्था गरेको सरकारी निवास छाडेर जिसी फूलबारीस्थित डेरामा सरेका हुन । मेयरमा निर्वाचित हुनु भन्दा अगाडि जिसी फूलबारीमै भाडामा बस्दै आएका थिए भने मेयरको कार्यकाल सकिएपछि फूलबारीमै कोठा भाडामा लिएर सरेका हुन् ।
मेयर जिसीले गत वैशाख ३० गते भएको निर्वाचनबाट पोखरा महानगरमा निर्वाचित मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, निर्वाचित वडाध्यक्षसहित सबै सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।
जिसीले सामाजिक सञ्जालमार्फत् बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् । महानगरमा निर्वाचित भएर आएको नयाँ टिमको सुन्दर र समृद्ध पोखरा बनाउने योजनामा जहिले पनि सकारात्मक र रचनात्मक सहयोग रहने जिसीले बताएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बेंसीसहरमा एमाले निर्विरोध
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
पोखरामा गठबन्धनको विजय र्याली, आज सपथ ग्रहण्
एमाले उपमहासचिव गुरुङ भन्छन् : पैसाको खोलो बगाएर चुनाव जिते
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९