पोखरा, ११ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मंगलबार मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छन् । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा रादजूत खम्पा पोखरा आएकी हुन् ।
भेटका अवसरमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थ सहभागी थिए ।
उक्त अवसरमा नेपाल र भारतबीचको सम्बन्धको कुनै व्याख्या गर्न जरुरी नभएको भन्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए । उत्तरमा चीनको नाकादेखि दक्षिण भारत जोड्ने कोरला–त्रिवेणी सडक अन्तर्गत दुम्कीवास त्रिवेणी खण्डको ८ किलोमिटर सुरुङ मार्ग निर्माणमा प्रदेशले संघ सरकारमार्फत् भारतसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्रको स्तरोन्नतीका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले भनाइ राखे ।
प्रदेशको रोजगारी प्रवद्र्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसै अनुसारका संरचना निर्माण जरुरी रहेको उनले सुनाए ।
कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताइन् । प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाका बारेमा विस्तृत विवरण प्राप्त भएको खण्डमा थप काम सुरु गर्न सकिने उनेको भनाइ थियो । नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र संघसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने प्रतिबद्धता उनले जनाइन् । भारतीय राजदूतावासमार्फत् प्रदेशभर ५२ वटा योजना सञ्चालन भएकामा कास्कीमा मात्र ११ वटा सञ्चालित छन् ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९