पोखरा, १० जेठ । पोखराको स्थागित भएको मतगणना पुनः सुरुआत भएको छ । ७ घण्टासम्म स्थगित भएको गणना सहमतिपछि पुनः संचालन भएको हो ।
पोखरा वडा १८ मा खसेको मत र गणना भएको मत समान नभएपछि नेकपा एमालेले पुनः गणना माग गर्दै निवेदन दिएपछि गणनास्थलबाट प्रतिनिधि फिर्ता बोलाउँदै आन्दोलन थालेको थियो । त्यसपछि पोखरा २२, ३२ र ३३ को जारी मतगणनासमेत ७ घण्टासम्म रोकिन पुगेको थियो ।
पोखरा १८ को निवेदनमा कार्यालय गम्भीर रहेको र यस विषयमा थप कारवाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमतिपछि पुनः मतगणना सुचारु हुने भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जनाएका थिए । पोखरा १८ को हकमा निवेदन परिसकेपछि कानुनी प्रक्रियामा जाने उनको भनाइ थियो । अहिले पोखरा २२, ३२ र ३३ को गणना सुचारु भएको हो ।
अहिलेसम्म पोखराका १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । अब ३ हजार ८ सय १५ मत गणना गर्न बाँकी रहेको छ ।
१ लाख ३९ हजार ४ सय ११ मत गन्दासम्म मेयरमा धनराज आचार्य ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । आचार्यले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाए ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत र नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९