पोखरा, १० जेठ । मेयर र उपमेयर जीत सुनिश्चित भइसकेको पोखरामा स्थगित मतगणना ६ घण्टादेखि यथावत् छ । पोखरा वडा १८ मा खसेको मत र गणना भएको मत समान नभएपछि नेकपा एमालेले पुनः गणना माग गर्दै निवेदन दिएपछि गणना नै स्थगित भएको हो ।
पोखराका कुल ३३ वटा वडामध्ये ३० वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । यद्यपि पोखरा २२, ३२ र ३३ को गणना जारी रहेकै अवस्थामा एमालेले पोखरा १८ को पुनःमतगणना हुनुपर्ने अडान राख्दै उसका प्रतिनिधिले मतगणनास्थल नै छोडेका हुन् ।
एमाले पुनः मतगणना माग गरेपछि नेपाली कांग्रेस पोखरा वडा १ र १७ पनि पुनः मतगणनाको माग गरेको छ । पोखरा १ र १७ मा भने नेकपा एमालेले चुनाव जितेको थियो ।
विवाद समाधानका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ । सहिदचोक क्षेत्रमा भने सत्ता गठबन्धनले तत्काल मतपरिणाम सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।
पोखरा १८ मा निर्वाचित वडाध्यक्ष शिव तिमिल्सिना लगायतले जनप्रतिनिधिले भने अबिरजात्रा गरिसकेका छन् । पोखरा वडा १८ मा नेपाली कांग्रेसका शिव तिमिल्सिना मात्र ३ मतअन्तरले निर्वाचित भएका हुन् । उनले ४ हजार ६ सय ४३ मत ल्याएकोमा उनका निकटतम् प्रतिस्पर्ध नेकपा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६ सय ४० मत ल्याएका हुन् । ३० वैशाखको स्थानीय तह निर्वाचनमा सो वडामा ४ हजार ३ सय ४८ मत खसेको थियो । तर गणनामा भने ९ मत कम भएकोले पुनः मतगणना हुनुपर्ने माग आफूहरुको रहेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले बताए ।
पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ जीत सुनिश्चित छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९