खैरेनीटार । शुक्लागण्डकी नगरपालिकामा स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधिको सोमबार पदस्थापना भएको छ ।
नगरको मेयरमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका कृष्णराज पण्डितले नेकपा एमालेका मुक्तिनाथ तिम्सिनालाई पराजित गरी निर्वाचित भएका हुन् । उपमेयरमा गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) का खुमबहादुर बिक (राजु) निर्वाचित भएका हुन् । उनले एमालेबाट उम्मेदवार फूलमाया वाग्लेलाई हराएका थिए । मेयर र उपमेयरको पदस्थापनापछि नगरका १२ ओटा वडामा जनप्रतिनिधिको पदस्थापना गरियो ।
शुक्लागण्डकी वडा १, २, ३, ४ र ७ मा कांग्रेसका उम्मेदवारले जीत हासिल गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले वडा ५, ६, ८, ९, ११ र १२ मा जीत हासिल गरेका छन् । वडा १० मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
शुक्लागण्डकी ६ मा नवनिर्वाचित वडाध्यक्ष र सदस्यलाई निवर्तमान वडाध्यक्ष कृष्णबहादुर पौडेलले पदस्थापन गराउँदै नमुना वडा बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । उनले वर्तमान अवस्थामा कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । एमाले नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सिनाले जनमतलाई सम्मान गरी साझा बन्न आग्रह गरे ।
कार्यक्रममा वडाध्यक्ष बुद्धिबहादुर थापाले ‘सुन्दर सहर, हाम्रो रहर’ अनुरुप सुखी वडावासी समृद्ध वडा बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । उनले चुनावको बेला जनाएका प्रतिवद्धता प्राथमिकता आधारमा कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत जनाए । यसैबीच उनले एसिया टेक्निकल ट्रेनिङ इस्टिच्युटका प्रबन्ध निर्देशक विजयराज वाग्लेसँग वडाका २ सय जना बेरोजगार युवालाई निशुल्क विद्युत जडान, एड्भान्स सिलाइ कटान, प्लम्बर, फेसन डिजाइन लगायतका ट्रेनिङ दिन सम्झौता गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका निवर्तमान प्रवक्ता एवं एमाले तनहुँ कमिटी उपसचिव खिमबहादुर कुमालले समग्र वडाका जनताको पक्षमा कार्य गर्न सुझाव दिए ।
कार्यक्रममा बुद्धिजीवी परिषद तनहुँ अध्यक्ष केशवराज घिमिरे, एमाले जिल्ला कमिटी सदस्य विष्णुमाया पराजुली, कांग्रेसकी देवी थापा, एमाले वडा ६ कमिटी उपाध्यक्ष रुपा राना, राष्ट्रिय जनमुक्ति पार्टीकी दुर्गा थापा, वडा कार्यालय सचिव शारदाकुमारी तिम्सिना लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१