पोखरा । नेकपा एमालेकी राधिकाकुमारी शाही कास्की जिल्लाकै एक्ली महिला वडाध्यक्ष बनेकी छन् । पोखरा १७ मा नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतको झिनोअन्तरले हराएर उनको नेतृत्वमा एमालेले प्यानल नै जितेको छ । योसँगै कास्की महिला वडाध्यक्ष विमुख नहुने भएको हो ।
५ पालिका रहेको कास्कीमा ४ पालिकाको टुंगो लागिसकेको छ । जसमा कुनै पालिकाको वडामा महिला वडाध्यक्ष निर्वाचित हुन सकेका थिएनन् । पोखराका ३३ वटा वडामध्ये सोमबार रातिसम्म २६ वटाको नतिजा आउँदासम्म अन्य वडाध्यक्ष निर्वाचित हुन सकेका थिएनन् । महिला वडाध्यक्षमा निर्वाचित राधिकाले २ हजार ६ सय २५ मत ल्याउँदा देवराजले २ हजार ५ सय ४२ मत पाए ।
यसअघि पनि वडा सदस्य र महानगर कार्यपालिका सदस्य राधिका पोखरा १७ मा स्वास्थ्य स्वयंसेविका भएर काम गरेकी थिइन् । कालिकोट जिल्लामा जन्मिएकी उनको कर्मक्षेत्र पोखरा हो । उनी पोखराका एमालेनेतृमध्ये निकै सक्रिय राजनीतिज्ञमा पर्छिन् । उनी पार्टीको कास्की जिल्ला कमिटी सदस्य पनि हुन् ।
स्थानीय तह निर्वाचनमा उनीसँगै पोखराका ९ वटा वडामा ११ जना महिला वडाध्यक्षका उम्मेदवार थिए । एमालेले पोखा १७ सहित पोखरा १० मा पवित्रादेवी गुरुङ गरी २ महिलालाई वडाध्यक्ष उम्मेदवार उठाएको थियो ।
यसैगरी, पोखरा १ मा कांग्रेसकी सीता गुरुङ, पोखरा २ मा माओवादी केन्द्रकी अञ्जु विश्वकर्मा, पोखरा ८ मा कांग्रेसकी शारदा गिरी र उन्नत लोकतन्त्र पार्टीकी सरिता कुँवर, पोखरा १० मा मंगोल नेसनल अर्गनाइजेसनकी नृमति बुढाथोकी, पोखरा १४ मा नेकपा माओवादी समाजवादीकी सीतादेवी क्षत्री, पोखरा १८ मा स्वतन्त्र पुर्ना खड्का विश्वकर्मा, पोखरा २२ मा जसपाकी सरिता क्षत्री र पोखरा ३२ मा स्वतन्त्र निरुता विक उम्मेदवार थिए ।
सबै वडामा महिला वडाध्यक्ष पराजित भए ।
सोमबार रातिसम्म पोखरा १८, २२ र ३२ को मतगणना चलिरहेको छ । यहाँबाट महिला नेतृत्व आउने सम्भावना क्षीण भएकोले कास्कीभरमै राधिका एकमात्र महिला वडाध्यक्ष हुने निश्चित भएको हो ।
पोखरा १७ मा खुला सदस्यमा एमालेबाट शिवराम भण्डारी (२६६४), विक्रम गुरुङ (२६३५), महिला सदस्यमा विष्णुकुमारी थापा (२८५५) र दलित महिला सदस्यमा तारा परियार (२८३०) विजयी भइन् ।
पोखरा ११ मा नेपाली कांग्रेसको प्यानल नै आयो । प्रेमप्रसाद कर्माचार्यले एमालेका मीनबहादुर गुरुङलाई २ सय ५० मतान्तरले पराजित गरेका हुन् । कर्माचार्यले १ हजार ९ सय ६० मत र गुरुङले १ हजार ७ सय १० मत ल्याए । वडा सदस्यमा सुशीला बास्तोला (१६९९), विष्णुप्रसाद घिमिरे (१८३२), महिला सदस्यमा रनसुबा गुरुङ (१९६२) र दलित महिला सदस्यमा टुकुरादेवी परियार (१९४०) विजयी भए ।
पोखरा १९ वडाध्यक्ष कांग्रेसका पुष्पेन्द्र पाण्डे निर्वाचित भए । एमालेका इमानराज पौडेललाई उनले मात्र ५१ मतले हराएका हुन् । पाण्डेले २ हजार ५ सय ५४ र पौडेलले २ हजार ५ सय ३ मत ल्याए । सदस्य भने एमालेले जितेको छ । खुला सदस्यमा एमालेका नवराज केसी (२५७५), विकासकुमार आचार्य (२४५६), महिला सदस्य दुर्गादेवी बस्नेत (२६८६) र दलित महिला सदस्य कल्पना सुनार (२५६८) विजयी भएका छन् ।
पोखरा ३१ वडाध्यक्षमा कांग्रेसका ढकनाथ कँडेल विजयी भए । उनले एमालेका उम्मेदवार चिरञ्जीवी बन्जरालाई १ सय ६१ मतान्तरले हराए । २०५४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु दुवै आमनेसामने थिए । साविक लेखनाथ नगरपालिका वडा ९ हुँदा कँडेलले बञ्जरालाई ७० मतले हराएका थिए । वडाध्यक्ष कांग्रेसले जिते पनि सदस्य एमालेले पायो । जसमा देवन्द्रराज अधिकारी (१८७९), विनोदमणि लामिछाने (१८९५), महिला सदस्य धनदेवी तिवारी (१९११) र दलित महिला सदस्य तारा नेपाली (१९०५) विजयी भइन् । पोखरा ३१ एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको वडा हो ।
यसैबीच, पोखरा २१ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ । वडाध्यक्षमा दीपकप्रसाद सुवेदीले निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई पराजित गरेका हुन् । यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरिसकेको छैन । एमालेबाटै खुला सदस्यमा कृष्णबहादुर थापा, झपटबहादुर रानाभाट, महिला सदस्य बिमला केसी र दलित महिला सदस्य सीतादेवी बिक निर्वाचित भएपछि सोमबार राति विजय जुलुस निस्केको छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९