पोखरा । पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ जीत नजिक पुगेका छन् ।
स्थानीय तह चुनाव–२०७९ अन्तर्गत पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा हालसम्म १ लाख ३० हजार ७ सय ३७ गणनामा मेयरमा आचार्यले र उपमेयरमा गुरुङले अग्रता फराकिलो पारेका छन् ।
पोखराका कुल ३३ वटा वडामध्ये सोमबार राति १० बजेसम्म २८ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा मात्र ५ वडाको नतिजा आउन बाँकी छ । १० दिनदेखि मत गनिरहेको पोखराले अब १२ हजार ४ सय ९९ मतमात्र गन्दैछ ।
मेयरका जीत नजिक पुगेका आचार्यले एमालेका कृष्ण थापालाई ४ हजार ४ सय ३६ मतले पछि पारेका छन् । आचार्यले ५२ हजार ९ सय ७२ र थापाले ४८ हजार ५ सय ३६ मत ल्याए । मेयरमै राप्रपाका शंकर खरालले ५ हजार ४ सय ६२ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ९ सय १९ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी गुरुङले नेपाली कांग्रसकी कोपिला रानाभाटलाई ४ हजार २२ मतान्तरले पछि पारेकी छिन् । गुरुङले ५५ हजार ५ सय ४ मत ल्याउँदा रानाभाटले ५१ हजार ४ सय ८२ मत ल्याइन् । उपमेयरमै राप्रपाकी रञ्जना सेनले ५ हजार ४ सय ८२ मत ल्याएकी छिन् । हालसम्मको गणनामा कांग्रेसले २० र एमालेले ८ वटा वडा जितेको छ । पोखरा वडा १८, २१, २२, ३२ र ३३ को गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९