पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत कास्कीका गाउँपालिकामा नवनिर्वाचित अध्यक्षहरुले पदभार सम्हालिसकेका छन् । रुपा गाउँपालिकामा ६ गते नै पदस्थापन भएकोमा अन्य ३ पालिकामा सोमबार पदभार भयो । सबै पालिकाका अध्यक्षहरुले पहिलो निर्णयरुपमा वितरणमुखी एजेन्डालाई प्राथमिकता दिएका छन् । पालिकाको स्रोत बढाउनेभन्दा वितरण गरेर चर्चा कमाउने योजना अध्यक्षहरुको छ । पोखराले १० दिनदेखि मत गनिरहँदा गाउँपालिकाहरुले काम थालिसकेका छन् । चारै पालिकाले वितरणलाई ध्यान दिएका छन् ।
स्वास्थ्य बिमामा अनुदान
अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य बिमामा अनुदान दिने निर्णय गरेको छ । पालिकाका नागरिकलाई ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा गराइदिने अध्यक्ष विष्णुबहादुर केसीको निर्णय छ । पालिकामा रहेका ६ हजार ४ सय ६ घरपरिवारलाई प्रतिपरिवार ३ हजार ५ सयमध्ये ५० प्रतिशत रकम पालिकाले व्यहोरी दिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी १ करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।
पालिकाको आन्तरिक आम्दानी २ करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यति धेरै रकम अनुदान दिने निर्णय गरेको हो । यो निर्णय कार्यपालिकाको पहिलो बैठकबाट अनुमोदन गराउने अध्यक्ष केसीले बताए । उनले अहिले आन्तरिक आम्दानी खासै नभए पनि बढाउने गरी योजना ल्याउने बताए । उनले नागरिकको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्ने र त्यसकै उदाहरणका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको जानकारी दिए ।
पोखराले १० दिनदेखि मत गनिरहँदा गाउँपालिकाले काम थालिसकेका छन्
त्यस्तै अपांगता भएकालाई घरघरै पुगेर परिचयपत्र वितरण गर्नुका साथै सेवा सुविधा पनि उपलब्ध गराउने निर्णय पनि गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, प्रदेश सांसद राजीव पहारी, एमाले नेता पुण्यप्रसाद पौडेल, दामोदर वैरागी, शिवकुमार पौडेल, बुद्धिमान गुरुङ, विवेक देवकोटा, मनपति भण्डारी, धर्मबहादुर तमु, भरत देवकोटा, कुलबहादुर गुरुङ कुलु लगायतले नवनिर्वाचित प्रतिनिधिलाई बधाई दिंदै कार्यकालको सफलताको शुभकामना दिएका थिए ।
छोरी जन्मिए बैंकमा १ हजार जम्मा
माछापुच्छ्रे गाउँपालिकाले छोरीहरुमा ध्यान दिएको छ । नयाँ जन्मिने छोरीलाई बैंक तथा वित्तीय संस्थामा खाता खोलेर पालिकाले १ हजार रुपैयाँ जम्मा गरिदिने निर्णय गरिएको हो । पालिका अध्यक्ष मीनबहादुर गुरुङको पदभार ग्रहणका बेला उनले छोरीहरुको सुनौलो भविष्य र बचत गर्ने बानी विकास गर्न जन्मदर्ताका आधारमा १ हजार जम्मा गरिदिने निर्णय गरेका हुन् । यसबाट वार्षिक कति खर्च हुन्छ भन्ने आकलन पालिकाको छैन । ‘वार्षिक ४ सय शिशु जन्मिन्छन् भन्ने आकलन हामीले गरेका छौं । त्यसमध्ये डेढ सयदेखि २ सय जना छोरी हुन सक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेलले भने, ‘यति हुँदा पनि वर्षमा बढीमा २ लाख खर्च हुने हो । थोरै पैसाले महसुस हुने निर्णय भएको छ ।’
जटिल रोगका बिरामीलाई २० हजार
मादी गाउँपालिकाले जटिल रोगका बिरामीलाई उपचार खर्च २० हजारका दरले दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेकाले धेरै खर्च हुने भन्दै उपचार गर्न नमानेपछि हौसला स्वरुप २० हजार पालिकाले दिने निर्णय गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका मुटुरोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया, कडा मानसिक रोगी तथा पूर्ण अपांगता भएका व्यक्तिहरूलाई दीर्घरोग पहिचान भएको डाक्टरको सिफारिस आधारमा एक पटकको लागि २० हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए । यसअघि पनि मादीले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यस्तै, पालिकाभित्र स्थायी बसोबास गर्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपांगता भएका व्यक्ति, दीर्घरोगी तथा सुत्केरी महिलाको लागि पालिकाबाट संचालित एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ ।
मादी गाउँपालिका प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै यसको संरक्षण र विकास गर्न आवश्यक नीति तर्जुमा गर्ने निर्णय गरेको छ । उपाध्यक्ष कल्पना गुरुङले भने पालिकाभित्रका ज्येष्ठ नगारिक र अपांगता भएका नागरिकको पहिचान गर्न गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकको पहिचानको लागि क्युआर कोडसहितको परिचयपत्र वितरण गर्ने निर्णय गरेकी छिन् ।
पालिकाका सबैलाई निशुल्क एम्बुलेन्स सेवा
रुपा गाउँपालिकाले पालिकाभरका सबै नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । पालिका अध्यक्षले पद सम्हालेपछि नवराज ओझाले पालिकाका सबैले प्रयोग गर्न सक्ने गरी एम्बुलेन्स सेवा दिने निर्णय गरे । रुपा गाउँपालिकावासीलाई बिरामी हुँदा उपचारका लागि पालिका अस्पताल र बाहिर लैजाने एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गरिएको हो । यो निर्णय आगामी कार्यपालिका बैठकबाट अनुमोदन गराउने छ । हाल रुपामा ३ वटा एम्बुलेन्स छ । यसरी सेवा दिंदा मासिक डेढदेखि २ लाख खर्च निस्किने अनुमान छ । आवश्यक परे अझै एम्बुलेन्स थप्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना बताउँछन् ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९