पोखरा । होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भए । गण्डकी प्रदेश ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति चयन गरेको हो । होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार शर्मा होटल पोखरा भिलेजका संचालक पनि हुन् ।
प्रदेशको प्रथम बोर्ड बैठक नाम दिइएको भेलाले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको छ । पराजुली हानका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार पनि हुन् । यसैगरी प्रदेश कमिटीको द्वितीय उपाध्यक्षमा तनहुँका पुराना होटल व्यवसायी राजकुमार श्रेष्ठलाई चयन गरिएको छ । गोरखाका व्यवसायी मनप्रसाद धितालले सचिवको जिम्मेवारी पाएका छन् भने पर्वतका होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ कोषाध्यक्षमा चयन भए ।
समिति सदस्यमा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, बागलुङका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, म्याग्दीकी अध्यक्ष सिर्जना भट्टचन, तनहुँका अध्यक्ष जीवन शाही, नवलपुरका अध्यक्ष डिबी चौधरी र लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ छन् । स्याङ्जा, मुस्ताङ र मनाङबाट पनि समितिमा छिटै प्रतिनिधित्व गराइने नवनिर्वाचित अध्यक्ष गैह्रेले जानकारी दिए ।
कार्यक्रममा सबै पदाधिकारी र सदस्यहरुले व्यवसायिक एकतामा जोड दिएका थिए । होटल क्षेत्रले उद्योग सरहको मान्यता पाउनुपर्ने, पर्यटकको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने, प्रबद्र्धनको कामलाई अगाडि बढाउनुपर्ने उनीहरुको जोड छ ।
नवनिर्वाचित अध्यक्ष गैह्रेले सबै जिल्लाका सबै होटल संघ र सम्बन्धित व्यवसायीलाई समेटेर सबैको सल्लाह र सुझावअनुसार नै प्रदेश कमिटी अगाडि बढ्ने भनाइ राखे । हानका केन्द्रीय सदस्य विप्लव पौडेलले प्रदेश कमिटी गठन गर्न केन्द्रबाट पाएको जिम्मेवारी आफूले पूरा गरेको भन्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
गाउँलेलाई भिटोफको गाइड तालिम
पोखरालाई पर्यटीय राजधानी बनाउन परिषद्को सुझाव
पर्यटनमा बजेटका वाचा सधैं अपुरा
जम्मु कस्मिरमा डुलुवा टोलीको पत्रकार भेटघाट
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९