हेमजा । अन्नपूर्ण गाउँपालिकाले पालिकाका सबै घरपरिवारको स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम बेहोर्ने भएको छ ।
सोमबार सम्पन्न गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको कुल ५६ जना सपथ ग्रहण तथा पदस्थापना कार्यक्रमका बीच उक्त निर्णय गरिएको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । यो निर्णयसँगै अन्नपूर्णका कुल ६ हजार ४ सय ६ घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्यस्तै अपांगता भएकालाई घरघरै पुगेर परिचय पत्र वितरण गर्नुका साथै सेवा सुविधा पनि उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
सो कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, प्रदेश सांसद राजीव पहारी, एमाले नेता पुण्यप्रसाद पौडेल, दामोदर वैरागी, शिवकुमार पौडेल, बुद्धिमान गुरुङ, विवेक देवकोटा, मनपति भण्डारी, धर्मबहादुर तमु, भरत देवकोटा, कुलबहादुर गुरुङ कुलु लगायतले जननिर्वाचित प्रतिनिधिलाई बधाई दिँर्दै कार्यकालको सफलताको शुभकामना दिए ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम गाउँपालिकाका अधिकृत ठाकुर अधिकारीले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९