पोखरा । संसदीय चुनाव २०५४ का क्रममा साविक कालिका गाविसमा अमानवीय तरिकाले हत्या गरिएका कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा २६ ले आइतबार गरेको कृष्ण भुजेल २५ औं स्मृति दिवसका अवसरमा स्थानीय र पीडित परिवारले उक्त माग गरेका हुन् ।
घटनाको २५ वर्ष बित्दासम्म पार्टीको तर्फबाट पीडित परिवार तथा सो ठाउँको विकासमा चासो नदेखाएको भन्दै सहभागीले दुख व्यक्त गरे ।
पोखरा २६ राखीडाँडा निवासी कृष्ण भुजेलको चुनावकै सिलसिलामा कांग्रेस कार्यकर्ताबाट हत्या गरिएको आरोप छ ।
स्मृति दिवस कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले प्रजातन्त्र पुनस्र्थापनादेखि लोकतान्त्रिक आन्दोलनमा सहिदहरुले गरेको बलिदानीको उच्च मूल्यांकन गर्दै सहिदका सपनालाई साकार पार्न नेता तथा कार्यकर्ताले सही नीति र राजनीतिक आचरण अँगाल्नुपर्नेमा जोड दिए ।
जिल्ला समोन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले सहिदको त्याग र बलिदानबाट स्थापित लोकतन्त्रलाई संस्थागत गर्न सहिद जनहरुप्रति उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमाले पोखरा २६ का अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य वामदेव ढुगानाले स्व. कृष्ण भुजेलको योगदानको चर्चा गर्दै का बारेमा चर्चा गर्दै भुजेललाई सरकारको तर्फबाट सहिद घोषणा गर्न माग गरे । कार्यक्रम सञ्चालन वडा सचिव सूर्यप्रकाश ढुंगानाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९