पोखरा । बेलायतमा च्यारिटी कमिसनमा रजिस्टर भएको संस्था साेंपाल समाज युकेले आँधीखोला गाउँपालिका १ बेझाङको आधारभूत विद्यालयलाई सहयोग गरेको छ । पोखरामा आइतबार कार्यक्रम गरी विद्यालयलाई आधुनिक खेल मैदान तथा भवन निर्माणको निम्ति सहयोग रकम हस्तान्तरण गरेको हो ।
लामो समयदेखि अघि बढ्न नसकेको उक्त खेल मैदानलाई त्यहाँका युवा अभियन्ता राजेन्द्र गुरुङ, गमबहादुर गुरुङ, भरत गुरुङ र विनप्रसाद गुरुङले नयाँ परिकल्पनासहित अघि बढाउने जमर्काे गरेका थिए ।
कार्यक्रममा बेझाङ लेम्मे भाइखलक बहुउद्देश्यीय भवनका अध्यक्ष चन्द्रमान गुरुङलाई उक्त खेल मैदान निर्माण र विद्यालय मर्मतको निम्ति सोंपाल समाज युकेका संरक्षक तथा सल्लाहकार दीपक गुरुङ (डेभिड) ले सहयोग रकम ५ लाख २० हजार ३ सय ५३ हस्तान्तरण गरेका हुन् । यसैबीच सोंपाल समाज हङकङमा जम्मा भएको सहयोग रकम ३ लाख ९७ हजार ९ सय ५० हङकङ सोंपाल समाजका कोषाध्यक्ष गमबहादुर गुरुङले हस्तान्तरण गरे ।
कार्यक्रममा सहभागी युवाहरूले खेलमैदान बनाउने सपना साकार भएपछि जिल्ला स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्ने उद्घोष गरे । सोही अवसरमा सोंपाल समाज युकेका संरक्षक दीपक गुरुङ (डेभिड) ले उक्त कार्यक्रमको पुरस्कार प्रायोजनको अवसर आफूलाई दिन आग्रह गर्दै आफ्ना बुबा भूपू प्रधानपञ्च स्व. लालबहादुर गुरुङ र आमा स्वर्गीय उजेली गुरुङको नाममा प्रायोजन गर्ने उल्लेख गरे ।
कार्यक्रममा सोंपाल समाज पोखराका संरक्षक ए एसपी किशोर गुरुङलगायत समाजका सल्लाहकार एवं पदाधिकारी सदस्यको समेत उपस्थिति थियो ।
कार्यक्रमको समापन गर्दै बेझाङ लेम्मे भाइखलक बहुउद्देश्यीय भवनका अध्यक्ष चन्द्रमान गुरुङले बालबालिका र युवाहरूको भविष्यका निम्ति गरिएको सहयोग र आफ्नो गाउँप्रतिको प्रेमका निम्ति सोंपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद गुरुङ र उनको कार्यसमिति तथा सोंपाल समाज हङकङका अध्यक्ष यमबहादुर गुरुङ र उनको कार्यसमितिप्रति आभार व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९