पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४८ औं शृङ्खला सम्पन्न भयो । काव्य सन्ध्यामा देवघाटबाट आएका छन्द कवि कृष्णशरण उपाध्यायलाई परिवारले सन्ध्या नायकको रुपमा उभ्याएको थियो । कवि उपाध्यायले छन्द भाव र विचार व्यक्त गर्ने लयात्मक माध्यम भएको बताए । यसले कवितालाई बढी हृदयस्पर्शी बनाइदिन्छ । कविले मात्रिक, स्रग्धरा, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, वसन्ततिलका, भुजंगप्रयात, वितान, चेतना, स्रग्विणी, अनुष्टुप छन्दमा कवितावाचन गर्दा दर्शक स्रोता मन्त्रमुग्ध भएका थिए । अभिशेक ओझा ‘अभिश्री’ निजगढ, बारा र विष्णु पादुका बाँके, कोहलपुरदेखि कवि कृष्णशरण उपाध्यायलाई सुन्न आएका थिए ।
कार्यक्रमका अतिथि कवि लक्ष्मण थापा र साहित्य शृंखलाकी अध्यक्ष कवि लक्ष्मी थापाले समतामा कवितावाचन गर्ने कविहरुको छन्द प्रयोग गर्ने शैलीले आफू प्रभावित भएको बताए ।
काव्य सन्ध्याको ३४८ औं शृंखलामा कविहरू सुरज उपाध्याय, निर्मला अर्याल, प्रदीप खनाल, अव्यग्र अस्मित, प्रकाश आचार्य, अभिषेक ओझा, भूमिराज बस्ताकोटी, माधव खतिवडा, रोशन तिमिल्सिना, भरत आचार्य, लिली अधिकारी, विष्णु पादुका, लक्ष्मी थापा, शिव त्रिपाठीले आआफ्ना सिर्जना सुनाएका थिए ।
पोयुसांप सदस्य लिली अधिकारीले स्वागत तथा संस्थाका अध्यक्ष मोती भुजेलकोे अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अनेसास गण्डकीमा देवेन्द्र
दीपक समीप पुरस्कृत
परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान
प्राध्यापकहरुका अनुभव पुस्तकमा
राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१