पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७ मतले अगाडि छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हँुदा आचार्यले ४५ हजार २७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याइरहेका छन् । राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार लौरो चिन्हका खड्कराज पौडेलले २ सय ७ सय ५९ प्राप्त गरे ।
नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता फराकिलो बताउँदै लगेकी छन् । मञ्जुले ४७ हजार ३ सय २४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४४ हजार ९ सय ६४ मत ल्याइन् । मञ्जुले कोपिलालाई २ हजार ३ सय ६० मतले उछिनेकी छन् । राप्रपाकी रञ्जना सेनले ४ हजार ९ सय २७ मत प्राप्त गरेकी छन् । अब पोखरामा ३० हजार ६ सय ४६ मत गणना गर्न बाँकी छ ।
पोखरा अहिले सम्म २४ वटा वडाको मतगणना सकिएको छ । जसमा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, २०, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सकिएको छ । जसमा नेपाली कांग्रेसले २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा विजय हासिल गरेको छ भने नेकपा एमालेले १, ५, ६, ८, १५, २० र २९ वडामा विजयी हासिल गरेको छ । अहिले पोखरा ११, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।
थप १०, १६, २९ र ३० नम्बर वडाको टुंगो
पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रादेवी गुरुङले ९ सय ८३ मत ल्याए ।
यसैगरी, खुला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वरबहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए । एमाले उम्मेदवार कुमार थिङले ९ सय ४४ र शान्ति सुवेदीले ९ सय २५ मत ल्याए ।
नेकपा एमालेका मेयर प्रत्यासी कृष्ण थापाको वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ
त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार नरदेवी गुरुङले १ हजार ६ सय ७६ ल्याउँदा एमालेकी उम्मेदवार सीमाराईले १ हजार सय २५ मत ल्याएकी छन् । दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार सुनीमाया सार्कीले १ हजार ७ सय १२ र एमाले उम्मेदवार शान्ति देवी परियारले १ हजार २७ मत प्राप्त गरेकी छन् । वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।
नेकपा एमालेका मेयर प्रत्यासी कृष्ण थापाको वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ । उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् । तिमिल्सिनाले नेकपा एमालेका प्रत्यासी राजेश गुरूङ राजुुलाई १ सय ४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३ सय १८ मत पाउँदा गुरूङले ३ हजार १ सय ७० मत पाएका छन् । पोखरा १६ को सदस्यमा सबै नेकपा एमालेबाट विजयी भएका छन् । खुल्ला सदस्य रामकाजी गुरुङ र रामचन्द्र आचार्य महिला सदस्यमा राजकुमारी बानियाँ र दलित महिला सदस्य मञ्जु नेपाली विजयी भएका छन् ।
पोखरा २९ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार श्रीप्रसाद गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सुदेव गुरुङलाई हराए । श्रीप्रसादले सुदेवलाई ३ सय ७५ मतान्तरले पराजित गर्दै विजयी भए । विजयी श्रीप्रसादले २ हजार ६२ मत प्राप्त गरे भने पराजित सुदेवले १ हजार ६ सय ७४ मत प्राप्त गरे । खुला सदस्यमा कालीदास पोख्रेल, क्षेत्रबहादुर गुरुङ, महिला सदस्यमा निर्मला पौडेल र दलित महिला सदस्यमा सुकमाया विश्वकर्मा विजयी भए ।
पोखरा महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार दुर्गाप्रसाद सुवेदी, विजयी भएका छन् । उनल नेकपा एमालेका उम्मेद्वार सोमनाथ बास्तोलालाई १ सय ७९ मतले हराए । सुवेदीले १ हजार ५ सय ४१ मत प्राप्त गरे भने बास्तोलाले १ हजार ३ सय ६२ मत प्राप्त गरे । खुला सदस्यमा नवराज मंगलकाजी मानन्धर, विनोदप्रसाद लामिछाने, महिला सदस्यमा नेकपा एमालेकी भीमकुमारी पुन गर्बुजा र महिला दलित सदस्यमा उमा परियार विजयी भए ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९