पोखरा । पोखरा पृथ्वीचोकमा रहेको इन्द्रेणी नौमती मगर बाजा समूह आइतबार दिनभर व्यस्त रहे । टिमका १४ जनालाई बाजा बजाउन भ्याइनभ्याइ थियो । एकै दिनमा उनीहरुले २ वटा पार्टीको जीतमा नौमती घन्काए । बिहानै वडा नम्बर १० को खुसीयालीमा नचाएका उनीहरुले दिउँसो १६ नम्बर वडाको जीतमा पनि नचाइरहेका थिए ।
पोखरा महानगरको गणना भइरहेको स्थान सहिदचोकमा बिहानदेखि बेलुकासम्म नौमती र बञ्चेबाजा घन्किरहेको हुन्छ । आइतबार मात्र पोखराको १०, १६, २९ र ३० नम्बर वडाको टुंगो लाग्यो । सबैले जीतको खुसीमा बाजा समूह डाकेका थिए । गएको ७ दिनदेखि पोखराको सहिदचोकमा बाजा बज्न छाडेको छैन । एक अर्थमा पछिल्ला समय जीतको पर्याय नै पञ्चेबाजा भएको छ । यसै कारण पनि पोखरामा रहेका बाजा समूहलाई खुसीयाली मनाइदिन भ्याइनभ्याइ छ ।
पोखराको वडा जित्ने बित्तिकै एउटा न एउटा बाजा समूह सहिदचोकको चौतारोमा पुगिहाल्छन् । उनीहरुको सहनाई, ढोलक, दमाहा, सानो दमाहा, बाउँताल, ट्याम्को, झ्याली, नरसिंहा र कर्नालको तालमा नेता कार्यकर्ताहरु कम्मर मर्काउन सुरु गरिहाल्छन् । जसले गर्दा जितेपछि नौमती अथवा पञ्चेबाजा अनिवार्य जस्तै भएको छ । सहिदचोकमै बुधबार वडा २४ को अध्यक्ष विजयी घोषणा ढिलाइ भएपछि वडा नम्बर १३ नाचिरहेका थिए । यसले पनि जीतमा बाजाको अपरिहार्यता महसुस गराएको थियो ।
हामी कुनै पार्टीको मान्छे हैनम् हामीलाई यो बेला कमाउनु जहान बच्चा पाल्नुछ
जेठ महिनामा लगनको महिना नभएका कारण पनि नौमती बाजा समूहलाई पनि आयस्रोतको राम्रो बाटो बनेको छ, निर्वाचन नतिजा । बाजा समूहलाई कसले जित्योसँग कुनै मतलब छैन । जुन पार्टीले बोलायो उही पाटीकोमा जाने बजाउने, नचाउने कमाउने उनीहरुको दैनिकी बनेको छ । इन्द्रेणी नौमती मगर बाजा समूहकै सदस्य हिमाल गर्बुजाले आफूहरु कुनै पार्टीको नभएको बताए । ‘हामी कुनै पार्टीको होइन्, जसले बोलाउँछ उसैकोमा जाने हो,’ उनले भने, ‘आज मात्रै बिहान वडा नम्बर १० र अहिले १६ नम्बर वडाकोमा बजाइरहेका छौं । अब एमालेले बोलाए पनि जाने हो ।’ विवाहको लगन नभएका कारण पनि आफूहरुलाई फाइदा भएको उनले सुनाए । ‘यो पनि एउटा सिजन नै हो ५ वर्षमा एकपटक चुनाव आउँछ, त्यसपछि कसले जित्ने? कसकोमा बजाउने?,’ उनले भने, ‘हामीलाई पनि सिजन आएको छ, बिहेमा जस्तो दुख पनि पाइँदैन ।’
विजयी र्यालीमा बाजा बजाउँदा बिहेमा जस्तो दुख नपाइने र पैसा पनि केही धेरै कमाइने इन्द्रेणी नौमती मगर बाजा समूहकै सदस्य रामचन्द्र थापाले बताए । ‘बिहेमा त बिहानै ५ बजे नै उठेर हिँड्नुपर्छ खाने ठेगान पनि हुँदैन,’ उनले भने, ‘बेलुका फर्कने बेला पनि रातै पर्छ कहाँ ? बस्ने के मा जाने हुन्छ यहाँ त त्यस्तो चिन्ता हुन्दैन ।’ यो समयमा कमाइ पनि राम्रै हुने उनको भनाइ थियो । समूहले एक दिनमा २५ हजार लिने गरेकोमा अहिले एउटा समूहले नै २५ हजार दिने गरेको उनले सुनाए । ‘हाम्रो रेट त एक दिनको २५ हजार हो, अहिले एउटा समूहबाट २५ हजारमै केही मिलाएर लिइन्छ,’ उनले भने, ‘एकै दिनमा २/३ समूहमा जाने भएकाले कमाइ राम्रै हुन्छ ।’
आफूहरुलाई कमाइसँग सरोकार भएकाले पार्टीको कुनै मतलब नभएको उनले सुनाए । ‘हामी कुनै पार्टीको मान्छे हैनम् हामीलाई यो बेला कमाउनु जहान बच्चा पाल्नुछ,’ उनले भने, ‘आज कांग्रेसकोमा आइयो, भोलि एमालेले र पर्सि अर्को पार्टीले बोलायो भने पनि जाने हो ।’ उनीहरुले एक दिनमा कमाइ भएको रकम १/२ हजार बाजा मर्मतका लागि राखेर अरु दामासाही रुपमा बाँड्ने गर्छन् । उनीहरुको समूहमा १८ जना सदस्य छन् जसमा ७ जना महिला छन् ।
इन्द्रेणी नौमती मगर बाजा समूह जस्तै पोखरा महानगरमा भएका अन्य नौमती तथा पञ्चेबाजा समूहहरुको आर्यस्रोतको गतिलो स्रोत बनेको छ, स्थानीय तह निर्वाचन २०७९ । बाजा घन्काएरै परिवारको घरखर्ची टार्न सहज भएको उनीहरु बताउँछन् ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९