म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले) लाई स्पष्ट बहुमत आएको छ।
स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन्। स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो।छमध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख जितेकाले जिसस गठनका लागि एकल बहुमत पुगेको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले जानकारी दिए।
सात मतदाता भएमा जिल्लाको जिसस गठनका लागि बहुमत पुग्छ। जिल्लामा एमालेबाट निर्वाचित अध्यक्ष–उपाध्यक्ष र प्रमुखको सङ्ख्या सात छन्।
बेनी नगरपालिकाको वडा नं १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित राजकुमार थापा जिल्ला समन्वय समितिको प्रमुखको दाबेदार देखिएका छन्। यसअघि गोलाप्रथाबाट जिल्लाको जिससमा प्रमुख–उपप्रमुख चयन गरिएको थियो। सदस्यहरू एमाले, काँग्रेस, माओवादी र राप्रपाले सहमतिमा बाँडेका थिए
काँग्रेसको छ, एमालेको पाँच र राप्रपाको एक मतदाता भएपछि गोलाप्रथाबाट चार दलको सहभागितामा एमालेका जिल्ला अध्यक्षसमेत रहेका कटुवालको नेतृत्वमा जिसस गठन गरिएको थियो।
यसपालि एमालेले मालिका, अन्नपूर्ण, मङ्गलामा अध्यक्ष–उपाध्यक्ष र बेनीमा नगरप्रमुख जितेको छ। धवलागिरि गाउँपालिकामा अध्यक्षमा विजयी भएको काँग्रेसले रघुगङ्गामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ।
नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकाको उपप्रमुख र धवलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ। जिल्लाका ४५ मध्ये एमालेले २२, काँग्रेसले १७ र माओवादीले छ वटा वडामा जितेका छन्।
दुई वटा स्थानीय तहको सभामा एमाले र एक वटाको सभामा काँग्रेसको बहुमत छ। बेनी नगरपालिका, धवलागिरि र मालिका गाउँपालिकाको सभामा बहुमत पुर्याउन माओवादीबाट जितेका जनप्रतिनिधि निर्णायक हुने देखिएको छ। कार्यपालिकाको सदस्य निर्वाचनका लागि दुवै दलको एकल बहुमत नपुग्ने तीन पालिकामा माओवादी निर्णायक हुने देखिएको हो।
वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्डको कार्यपालिका सदस्य निर्विरोध
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन्। महिलाको चार र दलित तथा अल्पसङ्ख्यक सदस्यको दुई पदका लागि आवश्यक सङ्ख्यामा मात्र एकल उम्मेदवारी दर्ता भएकाले निर्विरोध भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वारागुङ मुक्तिक्षेत्रको छ वटै पदमा एमालेका, लोघेकर–दामोदरकुण्डको पाँच पदमा एमाले र एक पदमा काँग्रेसका उम्मेदवारको एकल उम्मेदवारी परेको हो।
वारागुङ मुक्तिक्षेत्रको कार्यपालिका सदस्यमा महिलातर्फ कुन्जाङमो गुरुङ, माया गुरुङ, ल्हाक्चोम गुरुङ र मनकुमारी कामी, दलित वा अल्पसङ्ख्यकतर्फ मुनु दमाई र ल्हम्ङे गुरुङ निर्विरोध भएका निर्वाचन अधिकृत सारदादेवी पौडेलले बताइन्।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वारागुङ मुक्तिक्षेत्रको अध्यक्ष–उपाध्यक्ष, तीन वडाको अध्यक्ष एमालेले र दुई वटा वडामा काँग्रेसले जितेका थिए।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले पाँच जना एमालेका र एक काँग्रेसका उम्मेदवार कार्यपालिका सदस्यमा निर्विरोध भएका जानकारी दिए।
एमालेका कर्मकेसोम गुरुङ, कृष्णप्रसाद विश्वकर्मा, छिरिङ विटीक गुरुङ, जिक्मी वाङ्दी विष्ट, पासाङभुटी गुरुङ र काँग्रेसका कचाङछुटेन गुरुङ कार्यपालिका सदस्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रानाभाटले बताए। रासस
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१