हेमजा । हेमजाको सुइँखेतमा यतिबेला काँक्रोको उत्पादन अत्यधिक छ । तर काँक्रोले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् ।
किसानले प्रतिकिलो ५ देखि १० रुपैयाँसम्ममा काक्रो बिक्री गछौंभन्दा पनि बिक्री हुने अवस्था छैन । लगानी नउठ्ने जोखिम त बढेको छ नै उत्पादित काँक्रोसमेत खेर जाने अवस्थामा पुगेको स्थानीय गंगा बराल अधिकारीले गुनासो गरिन् । ‘पोहोर, परार मूल्यको यस्तो समस्या थिएन । अहिले पनि सुरुसुरुमा प्रतिकिलो २० देखि ३० रुपैयाँ परेकै थियो । अहिले भने ५/१० रुपैयाँमा किनेर खाने/लाने मानिस पनि कोही छैनन् जस्तो लाग्दै छ,’ उनले भनिन् ।
काँक्रो बिक्री हुन छाडेपछि किसान सुइँखेतस्थित पोखरा–बाग्लुङ राजमार्ग क्षेत्रमा दिनहुँजसो ग्राहक प्रतीक्षामा रहने गरेका छन् । कतिपयको खेतबारीमै कुहिने गरेको छ भने बस्तुभाउलाई खुवाउन पनि थालेका छन् । करिब १ सय बढी घरपरिवार किसानले २ सय रोपनी बढीमा यो खेती लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
जग्गा बाँझो नराखौं : कृषि मन्त्री
जगत कल्याणको दुग्ध प्रशोधन केन्द्र सञ्चालन
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा कृष्ण
४ महिनादेखि युरिया मल अभाव
ज्ञानकेन्द्र तनहुँद्वारा मौरीसहितको घार वितरण
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९