अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन ” नेपालको बिद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण ” विषयमा केन्द्रित विमर्शका साथ शनिबार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाविद डा. विद्यानाथ कोइराला, डा. पार्वती ढुंगाना र डा. कटक मल्लको प्रस्तुतीकरण रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले संघीय नेपालको संरचनामा के कसरी काम गर्न खोजिदै छ भन्ने बारेमा मन्तव्य राखे ।
सेन्टरका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको कामका बारेमा डा. देशराज संयोक, र हिजोको अनुभव र भोलिको बाटोको बारेमा संस्थापक अध्यक्ष डा. आमोद पोख्रेलले प्रकाश पारे । कार्यक्रम सञ्चालन जगदम्वा अधिकारी र तरुण पौडेलले गरेका थिए ।
विज्ञहरुको प्रस्तुति र प्रश्न उत्तर, छलफल शैलीमा कार्यक्रम भएको थियो ।
संथाको संरचना, नयाँ नेतृत्व, भावी कार्यक्रमहरुका बारेमा ६ महिना भित्र शृखलाबद्ध छलफल गरी तय हुने सहमति भएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकामा ७ वर्षदेखि नेपाल र नेपाली सम्बन्धी विषयहरुमा नीति र अनुसन्धान क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
परदेशको पसिनाको प्रतिफल कसरी ?
सडक दुर्घटनामा मलेशियामा नेपालीको मृत्यु
कास्की सार्दीखोला समाज कतारद्वारा ५० हजार सहयोग
हङकङमा ६१ वर्ष पुरानो मन्दिर जीर्णोद्धार
लन्डनमा १२ औं नेपाली मेला
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९