इटहरीको मेयरमा कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी विजयी

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७९
ithari

पाेखरा । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएका छन्।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले पौडेल ३३ हजार ४९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका यामकुमार सुब्बाले २८ हजार ३१ मत मात्र ल्याउन प्राप्त गर्न सके।

पौडेलले सुब्बलाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन्। इटहरी उपमहानगरमा ७३ हजार ८३२ मत खसेको थियो।

उपमेयरमा एमालेकी उम्मेदवार संगीताकुमारी चौधरीले ३२ हजार ४३६ मत ल्याएर विजयी भएकी छन्। उनले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४०५ मतको फराकिलो अन्तरले पराजित गरिन्। विष्टले १८ हजार ३१ मत मात्र ल्याउन सके।

२० वडा रहेको इटहरीमा मेयर पद हात पारे पनि नेपाली कांग्रेसले बहुमत वडा गुमाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको कांग्रेस यसपटक ४ वटामा खुम्चिएको छ। एमालेले १५ वटा वडा जितेको छ। एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width