पोखरा, ७ जेठ । सुन्दरी प्रतियोगितामा भाग लिएकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा घटना भएको भनिएको ८ वर्षपछि मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेकोमा दिउँसो पक्राउ गर्न सफल भएको जनाएको छ । ८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको उनीमाथि आरोप छ । आफूमाथि बलात्कार भएको भन्दै उनले केही दिनअघि भिडिओमार्फत घटना सार्वजनिक गरेकी थिइन् ।
यसबारे कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले तत्काल छानविन थालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिन आग्रह गरेका थिए । यसरी संसदमा समेत कुरा उठेको र सभामुखले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिए । निर्देशनपछि प्रहरी प्रधानकार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सक्सेस पार्टीका लागि भन्दै काठमाडौं एभरेस्ट होटलमा बोलाएर झुक्याएर लेमोनेड खुवाएर बलात्कार गरेको युवतीको आरोप छ । पाण्डेले त्यसपछि लगातार ६ महिनासम्म आफूलाई बलात्कार गरेको युवतीको भनाइ छ ।
तर जबर्जस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि १ वर्ष हदम्याद हुन्छ । यसैले पनि कानुनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवायुवतीले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नासमेत दिएका छन् । पोखरा, झापालगायत विभिन्न सहरमा पनि शनिबार ती युवतीको न्यायका लागि भन्दै प्रदर्शन भएका छन् ।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०