पोखरा । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ ।
मेयरमा ३ हजार ४ सय ४२ मतान्तरले नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायमै गर्दा उपमेयरमा नेपाली कांग्रेस ८४ मतले अघि छ ।
मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले शुक्रबार साँझ ७२ हजार ९ सय १८ मतगणनामा २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।
राप्रपाका शंकर खरालले ३ हजार १ सय ४५ र स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् । उपमेयरमा कडा प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट ७२ हजार मतगणना हुँदा मात्र ८४ अन्तरले अघि छिन् । उनले ३० हजार २ सय ६० मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत ल्याएकी छन् । राप्रपाकी रञ्जना सेनले २ हजार ९ सय ६९ ल्याउँदै तेस्रो स्थानमा छिन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो । शुक्रबारसम्म आधा मतगणना सकिएको छ । अझै ७० हजार मत गन्न बाँकी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यही गतिमा मतगणना भएमा पोखरा महानगरको गणना सकिन अझै ३÷४ दिनको समय लाग्नेछ । २०७४ सालको चुनावमा जिल्लामा ७५ प्रतिशत मतदान भएको थियो । त्यसबेला मेयर–उपमेयरको छिनोफानो हुन १४ दिन लागेको थियो ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९