पोखरा, ६ जेठ । उच्च अदालत पोखराले जिल्ला खेलकुद विकास समितिमाथिको कारबाही रोक्न अल्पकालीन आदेश जारी गरेको छ ।
अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको शुक्रबार एकल इजलासले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाउँमा अल्पकालीन आदेश जारी गरेको हो ।
अघिल्लो सरकारले नियुक्त गरेका खेलकुदसँग सम्बन्धित नियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको गत चैत २४ को मन्त्रिपरिषद् बैठकले नियुक्त बदर गरेको थियो । त्यसबेला गण्डकी प्रदेशका ११ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षको नियुक्ति खारेज गरिएको थियो ।
सोको विरुद्ध गोरखा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष रहेका कृष्णसिंह बस्नेत, नवलपुर अध्यक्ष सेतबहादुर पुन, म्याग्दी अध्यक्ष दिनेश खत्री, बागलुङ अध्यक्ष कुमार खड्का र कास्की जिल्ला खेलकुद विकास समिति अधयक्ष रहेका तोरणबहादुर बानियाँले बिहीबार उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । जसमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेशको युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय लगायतलाई विपक्षी बनाइएको थियो । निवेदकको तर्फबाट अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता विष्णुप्रसाद लम्साल र अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए ।
प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै गण्डकी सरकारले उनीहरुलाई स्पष्टीकरण सोध्दै बिनाकारण नियुक्ति बदर गरेपछि चौतर्फी आलोचना भएको थियो । अघिल्ला सरकारले २०७७ फागुन ९ को मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न जिल्लामा पदाधिकारी नियुक्ति गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१