चितवन । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ ।
महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ । प्रमुखमा गठबन्धनबाट उम्मेदवार रहनुभएकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार २६७ मतले अग्रता लिनुभएको छ भने उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले नौ हजार ३४३ मतका साथ अग्रता लिनुभएको छ । प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गर्नुभएको छ । गणना भइरहेका वडामा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । यसअघि गणना भएका १० वडामध्ये सातमा कांग्रेस, दुईमा नेकपा (एकीकृत समाजवादी) र एउटामा एमाले विजयी भएका छन् ।
Related News
सम्बन्धित समाचार
बेंसीसहरमा एमाले निर्विरोध
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
पोखरामा गठबन्धनको विजय र्याली, आज सपथ ग्रहण्
एमाले उपमहासचिव गुरुङ भन्छन् : पैसाको खोलो बगाएर चुनाव जिते
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९