गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७९
Gandaki Pradesh Sabha

पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन यही जेठ ११ गते बस्ने भएको छ ।
प्रदेश सरकारको जेठ ५ को मन्त्रिपरिषदको सिफारिसअनुसार प्रदेश प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त जेठ ११ को लागि अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन उक्त दिन दिउँसो १ बजे बस्ने ।
यस्तै, जेठ १२ मा बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width